मोरङमा श्रीमानको चिर्पट प्रहारबाट श्रीमतीको घटनास्थलमै मृत्यु

फागुन २८, मोरङ ।  मोरङमा श्रीमानको  चिर्पट प्रहारबाट उनको श्रीमतीको घटनास्थलमै मृत्यु भएको छ ।   

सोमबार साँझ मोरङको विराटनगर महानगरपालिका–१२ मलङवामा श्रीमानको चिर्पट प्रहारबाट ७० वर्षीया सगुत्री ऋषिदेवको मृत्यु भएको हो ।   

घरायसी विवाद हुँदा उनका श्रीमान ७२ वर्षीय परण ऋषिदेवले दाउराको चिर्पटले प्रहार गरी उनको हत्या गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । 

प्रहरीका अनुसार घटनास्थलमा अनुसन्धान अधिकृत सहितको टोलीले कानुनी प्रक्रिया पूरा गरी शव परीक्षणको लागि कोशी अस्पताल पठाएको छ  भने परणलाई नियन्त्रणमा लिई अन्य थप अनुसन्धान भइरहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *