राधा माधव समितिद्वारा कोराना कोषलाई ५० लाख सहयोग
मकालु खबर
२०७६ चैत १३ गते
चैत्र १३, काठमाडौं । राधा माधव समिति नेपालले नेपाल सरकारद्वारा आह्वान गरिएको कोरोना भाईरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार अभियानलाई १५ लाख सहयोग गरेको छ ।
उक्त सहयोग सहयोगस्वरुपको रकम राधा माधव समिति नेपालद्वारा कोरोना भाईरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषको राष्ट्रिय वाणिज्य बैकको खातामा जम्मा गरिएको हो ।
राधा माधव समिति नेपाल, विद्वत समाज नेपाल र डिभाईन युथ क्लव नेपालद्वारा कोरोनाको संत्रास शुरु हुनासाथ मुलुकभरका सयौं विद्यालय, मठमन्दिर, वृद्वाश्रम लगायत बढी भिड हुने स्थानहरुमा कोरोना रोकथाम सम्वन्धी प्रयोगात्मक संचेतना कार्यक्रम संचालन गरिएको थियो ।
मकालु खबर
२०७६ चैत १३ गते
प्रतिक्रिया
सम्बन्धित