कर्मचारीलाई घरबाटै काम गर्न अमेजन र फेसबुकको आग्रह

काठमाडौं । कर्मचारीलाई घरबाटै काम गर्न अमेजन र फेसबुकले आग्रह गरेको छ । कोरोनाको संक्रमण फैलिएपछि अमेजन र फेसबुक दुवैले आफ्ना सिअटलस्थित आफ्ना कर्मचारीलाई घरमै बसेर काम गर्न आग्रह गरेको हो ।   

यसअघि अमेजनले सिअटलमा काम गर्ने कर्मचारीलाई कोरोनाको संक्रमण भएको पुष्टि गरिएको थियो । त्यस्तै फेसबुकको सिअटल कार्यालयमा पनि बुधबार एकजनालाई कोरोनाको संक्रमण भएको थियो ।   

फेसबुकले यस साता फेब्रुअरी २१ देखि सुविधामा पनि कटौती गरिएको छ । फेसबुकले विज्ञप्ति जारी गर्दै भनेको छ , हामीले हाम्रा कर्मचारीलाई जानकारी गराएका छौं र जनस्वास्थ्य अधिकारीको सुझावलाई प्राथमिकताका साथ पालना गरेर स्वस्थ र सुरक्षित रहन आग्रह गरेका छौं ।   

null

दुवै यस महिनाको अन्तिमसम्ममा ठूलो टेक कम्पनीले घरबाटै काम गर्न प्रेरित गरेका छन् । हामी सिअटस्थित कार्यालयका कर्मचारीलाई यस महिनाको अन्तिमसम्ममा घरबाटै काम गर्न सकिने सुझाएका छौं, अमेजन प्रवक्ताले जारी गरेको विज्ञप्तिमा भनिएको छ । एजेन्सी  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *