आफ्नो फेसबुक अरुले प्रयोग गरेको अब यसरी थाहा पाउँनुस्

फाेटाे स्राेतः गुगल 

फागुन २३, काठमाडाैँ । अहिले सामाजिक संजाल चलाउनेको संख्या धेरै मात्रामा पाइन्छ । कतिलाई सकारात्मक असर पारिरहेको छ भने कतिलाई नकारात्मक असर पारिरहेको छ । सामाजिक सञ्जालहरुमा फेसबुक निकै लोकप्रिय भइरहेको छ ।  

फेसबुक नचलाउने मानिस भेट्न मुश्किल हुन्छ । तर फेसबुक कसरी चलाउने, किन चलाउने र कसरी सुरक्षित तरिकाले चलाउने भन्ने कुरा भने कमैलाई मात्र थाहा छ । अहिले धेरैजनाको फेसबुक ह्याक हुने समस्या पनि बढ्दो छ ।फेसबुक चलाउँदा ध्यान पुर्याउनु पर्ने विविध कुराहरुमध्ये तपाईंको फेसबुक कहाँ खुलेको छ , कसैले चलाएको छ कि छैन । भनेर जान्नु पनि महत्त्वपूर्ण हून्छ । यदि फेसबुक चलाउँदा चलाउँदै कहिलेकाँही लगआउट गर्न भुलेमा, कसैले तपाईंको पासवर्ड थाहा पाएर कतै खोलेमा तपाईंले आफैले कुनै पनि ब्राउजरबाट लगआउट गर्न सक्नुहुन्छ ।  

Image result for फेसबुक चलाउनु

त्यतिमात्र होइन तपाईंको फेसबुक कुन ठाउँमा लगइन भइरहेको छ भन्ने कुरा पनि थाहा हून्छ । साथै, फेसबुकबाट नै उक्त डिभाइसको लोकेशन पत्ता लगाउन सकिन्छ । तपाईंको फेसबुक लग इन भएको ठाउँ, समय र मिति पत्ता लगाउन सकिन्छ । 

त्यसको लागि के गर्ने ?सबैभन्दा पहिले कुनै पनि ब्राउजरमा आफ्नो फेसबुक लगइन गर्नुस् ।त्यसपछि अकाउन्ट सेटिङमा जानुस् ।त्यसपछि ‘Security and login’ अप्शनमा जानुस्त्यहाँबाट ‘’Where you’re logged in’ को अप्शन देखिन्छ । त्यहाँ तपाईंको फेसबुक लगइन भएको डिभाइसको पूरा जानकारी पाउन सकिन्छ । 

स्मार्टफोनमाफेसबुक एप खोलेपछि सेटिङमा जानुहोस्त्यसपछि ‘Security and login’ जानुहोस्त्यहाँ ‘’Where you’re logged in’ अप्शन देखिन्छ ।त्यसमा ‘See all’ मा क्लिक गर्नुस् ।यसरि पनि तपाइले तपाइको फेसबुक अरु कसले चलाइरहेको छ पत्ता लगाउन सक्नुहुन्छ । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *