‘कान्तिपुर कोभिड–१९ रोकथाम कोष’मा सिद्धार्थ बैंकको १५ लाख सहयोग
चैत्र १०, काठमाडौं । कोरोना भाइरस (कोभिड १९) रोकथामका लागि स्थापना गरिएको ‘कान्तिपुर कोभिड–१९ रोकथाम कोष लाई द्धिार्थ बैंकले १५ लाख सहयोग गरेको छ ।
नेपाल सरकारले स्थापना गरेको “कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष” को समन्वयमा सरकारी अस्पतालहरुमा खर्च गर्ने प्रयोजनको लागि कान्तिपुरसँगको सहकार्यमा सिद्धार्थ बैंकसमेतको साझेदारीमा स्थापना गरिएको “कान्तिपुर कोभिड–१९ रोकथाम कोष” बैंकले रु १५ लाखको आर्थिक सहयोग प्रदान गरेको हो ।
उक्त रकमले कोरोना रोकथामका निमित्त आवश्यक पर्ने नमूना परीक्षण किट एवं अन्य स्वास्थ्य उपकरणहरुको प्रवन्ध गर्नमा सघाउ पु¥याउने छ ।
हाल विश्वभर महामारीकोरुपमा फैलिरहेको कोरोना भाइरस विरुद्ध सिंगो विश्व नै लडिरहेको छ । यस रोगको रोकथाम तथा नियन्त्रणका लागि सरकारका साथै सम्पूर्ण नागरिकहरुको उत्तिकै महत्वपूर्ण भूमिक रहन्छ ।
उक्त कोषमा सहयोग गर्ने जो सुकै व्यक्ति तथा संस्थाले यस बैंकको खाता नं. ००१०००००००१ मा रकम जम्मा गर्न सकिने बैंकले जनाएको छ ।
त्यस्तै, यस महामारीको संक्रमणको जोखिम कम गर्नका लागि नोटको सट्टा बैंकका विभिन्न कार्डहरु, मोबाईल बैंकिङ्ग, इन्टरनेट बैंकिंङ्गजस्ता डिजिटल माध्यमबाट भुक्तानी कारोबार गर्न बैंकले अनुरोध गरेको छ ।
त्यसको लागि बैंकले डिजिटल भुक्तानी सेवाहरु निःशुल्क उपलव्ध गराउने व्यवस्था गरेको छ ।