करणीको अभियोगमा वडा सदस्य प्रहरी हिरासतमा

चैत ९, बाजुरा । जिल्लाको त्रिवेणी नगरपालिका वडा नं २ का वडासदस्य लालबहादुर बुढा  महिलालाई जबर्जस्ती करणी गरेको उभियोगमा प्रहरी हिरासतमा लिइएको छ ।  

जिल्ला प्रहरी कार्यालयले उनलाई सो अभियोगमा गत फागुन २९ गतेदेखि हिरासतमा राखेको जनाएको छ । सैतीस वर्षीय वडासदस्य बुढालाई स्थानीय महिलाले दिएको उजुरीका आधारमा पक्राउ गरी हिरासतमा राखिएको प्रहरी निरीक्षक दानबहादुर रोकायाले बताए । 

प्रहरी निरीक्षक रोकायाका अनुसार बुढाले फागुन २२ गते वडावासी समेत रहेकी महिलालाई जबर्जस्ती करणीको प्रयास गरेको बताइएको छ । ती पीडित महिलाले घटना भएको सात दिनपछि प्रहरीमा उजुरी दिएकी थिइन् । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *