थानकोटमा मृत अवस्था महिला फेला
मकालु खबर
२०७६ चैत १८ गते
चैत्र १८, काठमाडौं । चन्द्रागिरि नगरपालिका सरस्वती मन्दिरबाट २०० मिटर नजिक एक महिला मृत अवस्थामा भेटिएकी छिन् ।
धादिङ घर भएकी अन्दाजी ४४/४५ वर्ष उमेरकी महिला मृत अवस्थामा भेटिएकी हुन् । उनको हुलिया र नाम भने खुलिनसकेको थानकोट प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी बृत्त थानकोटका प्रमुख डिएसपी घनश्याम श्रेष्ठले चन्द्रागिरि नगरपालिका वडा नम्बर ३ थानकोट जगतटारमा सडकको किनारामा महिला मृत अवस्थामा भेटिएको पुष्टि गरे ।
डीएसपी श्रेष्ठका अनुसार घटना स्थलमा पिपिई सहित प्रहरी प्रहरीले मृतकलाई पोष्टमाटमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाएको छ ।
महानगरीय प्रहरी वृत्त थानकोटले मृतकबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
मकालु खबर
२०७६ चैत १८ गते
प्रतिक्रिया
सम्बन्धित