कांग्रेसका नेता मधुकुमार श्रेष्ठद्वारा धादिङमा निःशुल्क मास्क र साबुन वितरण

 चैत्र ११, धादिङ । नेपाली कांग्रेसका लोकप्रिय युवा नेता तथा महासमिति सदस्य, समाजसेवी मधुकुमार श्रेष्ठले धादिङ क्षेत्र नम्बर १ प्रदेश सभा (क) मा करिब २० हजार मास्क र साबुन निःशुल्क वितरण गरेका छन् । 

कोरोना भाइरसले विश्वभर महामारीको रुप लिईरहँदा उक्त भाइरसको संक्रमणबाट बच्न जनचेतना फैलाउँदै नेता श्रेष्ठले गाउँगाउँ पुगेर आफ्नो क्षेत्रका जनतालाई मास्क र साबुन वितरण गरेका हुन् ।  

युवाहरुका ढुकढुकी, वृद्धवृद्धाका सहारा तथा बालबालिकाहरुका अभिभावक बन्न सफल नेता श्रेष्ठ एक इमान्दार, स्वच्छ छवि भएका विकासप्रेमी व्यक्तित्वका रुपमा परिचित छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *