कोरोना प्रकोप : १ सय ६२ देशमा फैलियो, अहिलेसम्म ७ हजार १६४ जनाको मृत्यु
मकालु खबर
२०७६ चैत ४ गते
फाइल तस्वीर
चैत ४, एजेन्सी । कोरोना भाइरसको सङ्क्रमण विश्वभरि फैलिरहेको छ। विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ।
चीनबाट सुरु भएको कोभिड-१९ अर्थात् नयाँ कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाउँदै आएपनि सो रोगको संक्रमण र त्यसबाट हुने मृत्यु भने रोकिएको छैन ।
पछिल्लो समय चीनमा सङ्क्रमणको दर घटेको भएपनि यूरोपमा भने यसको महामारी उग्ररुपमा फैलिरहेको छ । अहिले यूरोप महामारीको केन्द्रबिन्दु बनेको छ।
मंगलबार बिहानसम्ममा उक्त प्रकोप विश्वका १ सय ६२ देशमा फैलिसकेको छ । कोरोनाबाट १ लाख ८२ हजार ५ सय ४७ जना संक्रमित भएका छन् भने, ७ हजार १ सय ६४ जनाको ज्यान गइसकेको छ ।
मकालु खबर
२०७६ चैत ४ गते
प्रतिक्रिया
सम्बन्धित