सुनको भाउ बढ्यो, चाँदी स्थिर

फागुन २०, काठमाडौं । सोमबार स्थिर भएको सुनको भाउ मंगलबार तोलामा ३ सय रुपैयाँ बृद्धी भएको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।   

सोमबार  प्रतितोला ७८ हजार रुपैंयामा कारोवार भएको छापावाल सुन आज प्रतितोला  ७८ हजार ३ सय रुपैयाँले कारोबार भईरहेको महासंघले जनाएको छ । त्यसैगरी हिजो प्रतितोला ७७ हजार ७ सय रुपैंयामा कारोवार भएको तेजाबी सुन  आज प्रतितोला ७८ हजारमा कारोबार भईरहेको महासंघले जनाएको छ ।   

महासंघका अनुसार आज चाँदीको भाउ भने  स्थिर भएको छ ।  सोमबार प्रतितोला ८ सय ६० रुपैंयामा बिक्रीबितरण  भएको  चाँदी आज पनि सोही मूल्य यथावत् रहेको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *