सिटिजन्स बैंकद्वारा (सम्मान) अभियान नेपाललाई आर्थिक सहयोग

चैत्र ३, काठमाडौँ । सिटिजन्स बैंकद्वारा सडक आश्रित मानव मुक्त (सम्मान) अभियान नेपाललाई आर्थिक सहयोग गरिएको छ ।   

अति गरिव, कमजोर आर्थिक अवस्थाले गर्दा मानिसहरु सडक पेटि मन्दिर मस्जिद तथा गुम्बामा आश्रित हुन पुग्दछन् यहि कुरालाई ध्यानमा राखी “सम्मान” नेपालले संचालनम ल्याएको सडक आश्रित मानव मुक्त अभियान नेपाल लाई सफल बनाउँन यस बैंकले अर्थिक सहयोग गरेको हो ।   

यस बैंकले आफ्नो  सामाजिक उत्तरदायित्व अन्तर्गत पुरा गर्दै यस अभियानलाई  एक लख आर्थिक सहयोग गरेको हो।   

यस पवित्र कार्य र यस्ता कार्यहरुलाई बैंकले भविष्यमा पनि बैंकको संस्थागत सामाजिक उतर दायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने कुरा जानकारी गराएको छ । 

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ९३ वटा शाखा, ९० वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँच लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *