कोरोना संक्रमणबाट इरानका सर्वोच्च नेताका सल्लाहकारको मृत्यु
मकालु खबर
२०७६ फागुन २० गते
फागुन २०, काठमाडौं । इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेइका एक सल्लाहकारको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएको छ । ७१ वर्षीय मोहम्मद मिरमोहमम्द्दी खामेनेइलाई सल्लाह दिने एक आयोगका सदस्य थिए ।
यसअघि, देशका प्रमुख धर्मगुरुमध्ये एक रहेका हादी खोस्रोसाहीको बिहीबार कोरोनाभाइरसकै संक्रमणका कारण मृत्यु भएको थियो । राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उपराष्ट्रपति मोसुमेह इब्तेकार र कोरोनाभाइरसविरुद्ध गठन गरिएको सरकारी टास्कफोर्सको नेतृत्व गरिरहेका उपस्वास्थ्यमन्त्री इराज हारिर्ची पनि कोरोनाभाइरसबाट संक्रमित बनेका छन् ।
गत हप्तादेखि इरानमा कोरोनाभाइरसको संक्रमण फैलिन थालेको हो । सोमबारसम्म यसबाट ६६ जनाले ज्यान गुमाइसकेका छन् भने देशमा यसबाट १५ सयभन्दा बढी संक्रमित बनेका छन् । यसबीच २९१ जना सफल उपचारपछि घर फर्किएका छन् ।
मकालु खबर
२०७६ फागुन २० गते
प्रतिक्रिया
सम्बन्धित