बाँकेमा बस र अटोरिक्सा ठोक्किँदा एकको मृत्यु

फागुन २९, बाँके । बाँकेको नेपालगञ्ज–कोहलपुर सडकखण्डमा बस र अटोरिक्सा एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । 

भे १ ख २१२९ नम्बरको बस र अटो आज बिहान कोहलपुरको ट्राफिक प्रहरी कार्यालय अगाडि ठोक्किँदा अटो चालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।   

मृतकको नाम र ठेगाना अझै खुल्न नसकेको प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए । दुर्घटनामा घाइते दुईको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ र बसका चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *