लकडाउन अवज्ञा हुन थालेपछि रौतहटमा कर्फ्यू

चैत्र १८, रौतहट। रौतहटमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ। लकडाउन उल्लंघन गर्ने क्रम बढेपछि निषेधाज्ञा जारी गरिएको स्थानीय प्रशासनले जनाएको छ।   

‘विभिन्न बहाना हुने मानिसहरुको भिडभाड, आवत जावतलाई पूर्ण रुपमा रोकेका छौँ,’ प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे भने। उनले अति आवश्यक उपभोग्य सामग्रीको ढुवानी र औषधी उपचार वाहेक अन्य सबै गतिवधिमा पूर्ण रुपमा रोक लगाइएको बताए।   

भारतको बिहार राज्यसँग सिमा जोडिएको रौतहटमा सर्वसाधारले लकडाउन अवज्ञा गर्न थालेपछि रौतहट प्रहरी कडा रुपमा प्रस्तुत हुन थालेको छ।  मंगलबार बिहानैदेखि लकडाउन उलंघन गरेर सडकमा निस्किएका मानिसलाई प्रहरीले सडकमै उठबस गराउने, पुसअप गराउने, जहाँको त्यहीँ उभ्याएर राख्ने लगायतका सजाय दिइरहेको छ।   

ग्रामिण इलाकामा नियमित रुपमा मोवाइल गस्तीको व्यवस्था मिलाएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काले जानकारी दिए। जिल्लाका विभिन्न स्थानमा लकडाउन उलंघन गर्ने एक तीन व्यक्ति र सयभन्दा बढी सवारी साधन नियन्त्रणमा लिइएको उनले बताए।   

प्रहरीले बिरामी, औषधी किन्न हिँडेकाबाहेक अरुलाई सडकमा निस्कन दिएको छैन। एम्बुलेन्स र पास लिएका बाहेक अन्य सवारी साधन सञ्चालनमा कडाई गरिएको प्रहरीले जनाएको छ। पास बिना सडकमा निस्किएका सावरी साधनलाई प्रहरीले नियन्त्रण लिएको छ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *