पिसाबको माध्यमबाट कुरा गर्ने यो हो अनौठो माछा

फागुन ३० ।  मानिसमा जस्तै जनावरहरुमा एकअर्कासँग कुराकानी गर्ने तथा अरुलाई आफ्नो कुरा बुझाउनका लागि शव्द हुँदैनन् । कतिपय जनावरहरु आवाज निकालेर साथी जनावरलाई संकेत गर्दछन् । तर यस्ता जनावर पनि हुन्छन् जसले आवाज नै निकाल्न सक्दैनन् । तर यस्ता जनावर पनि विभिन्न तरिकाले एक अर्कासम्म आफ्नो कुरा पूराउँछन् र संकेत गर्दछन् । 

वैज्ञानिकहरुले एउटा यस्तो माछाको प्रजाति पत्ता लगाएका छन् जसले पिसाबद्धारा एक आपसमा संवाद गर्दछ । सिच्लिड माछाको एक प्रजाति पिसाबमा रहेको रसायनको माध्यमद्धारा आफ्नो प्रतिद्धन्दीहरुलाई संकेत दिन्छ । 

जब कुनै प्रतिद्धन्दीले आक्रामक रबैया देखाउन थाल्दछ तब यो माछाले पिसाब गरेर आफ्नो प्रतिद्धन्दीलाई सावधान गराउँदछ । उसको पिसाबमा रहेको रसायन प्रतिद्धन्दी माछालाई संकेत दिने काम गर्दछ । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *