धनुषाः मदिरा सेवनबाट मृत्यु हुनेको संख्या ८ पुग्यो, ५ जना गम्भीर

सांकेतिक तस्विर 

चैत १, जनकपुरधाम । धनुषामा मदिराको सेवनबाट ज्यान गुमाउनेको संख्या ८ पुगेको छ भने ५ जनाको अवस्था गम्भीर छ । 

उपचाररत थप बिरामीको मृत्यु भएसँगै धनुषाको क्षीरेश्वरनाथ नगरपालिका २ रमदैया बस्तीमा मदिरा सेवनबाट ज्यान गुमाउनेको संख्या ८ पुगेको हो । 

होली पर्वका दिन मदिरा सेवन गरेका स्थानीय ४० वर्षीय ब्रमहेव यादव, ६० वर्षीय गुदरी महरा, ३५ वर्षीय विलास मण्डल, रामनारायण महरा र राजु महराको बुधबार र बिहीबार मृत्यु भएको थियो।  

उपचारको क्रममा शुक्रबार ईन्द्रजीत महराको धरानमा, सत्रुधन मण्डलको जानकी मेडिकल शिक्षण अस्पतालमा र माउसराम यादवको घरमै मृत्यु भएको स्थानीयले जानकारी दिएका छन् । यद्यपी प्रहरीले भने ७ जनाको मात्रै मृत्यु भएको दाबी गरेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *