क्यानडाका प्रधानमन्त्री पत्नी सोफीलाई कोरोना संक्रमण

फागुन ३०, काठमाडौं । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोकी श्रीमती सोफी ग्रेगोइर ट्रुडोलाई कोरोना भाइरस भएको पुष्टि भएको छ ।   

सोफीलाई कोरोना भाइरसको संक्रमण देखिएपछि आफ्नै घरमा क्ववारेन्टाइनमा राखिएको बीबीसीले जनाएको छ । क्यानडा सरकारले यसको जानकारी दिएको हो । यसअघि प्रधानमन्त्री जस्टिन ट्रुडो श्रीमती सोफीमा फ्लू जस्तो लक्षण देखिएपछि आफूलाई पनि घरभित्र क्वारेन्टाइनमा राखेका थिए ।   

ट्रुडोको कार्यालयले बिहीबार दिएको जानकारी अनुसार सोफी ग्रेगोइर ट्रुडोलाई ब्रिटेनमा आयोजित एक कार्यक्रमबाट फर्किए लगत्तै रुघा खोकी लागेको र बुधबार राति सामान्य ज्वरो पनि आएको थियो । अहिले उनी पत्‍नसहित आफ्नै घरमा क्वारेन्टाइनमा बसेका हुन् । 

जस्टिन ट्रुडो १४ दिनका लागि आइसोलेशनमा रहनेछन् । उनलाई अहिले नै कोरोनाको परीक्षण नगरिने बताइएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *