स्वास्थ्य सामग्री लिन चीनको गोन्जाओ जाँदै वाइडबडी

चैत १५, काठमाडौं । नेपाल एयरलाइन्सको वाइडबडी जहाज चीन जाने भएको छ । कोरोना संक्रमितको उपचारमा प्रयोग हुने स्वास्थ्य सामग्री लिन वाइडबडी जहाज आज चीनको गोन्जाओ जाने भएको हो ।   

जहाज  दिँउसो १२:३० बजे त्यसतर्फ प्रस्थान गर्ने तालिका रहेको छ । भारत, बंगलादेश‚ म्यानमार र चीनको अनुमतिमा वाइडबडी जहाज चीनको गोन्जाओ लैजान लागिएको हो । जहाज शनिबार नै रातको १०:३० मा नेपाल फर्किने छ । विमानमा चालक दलका सदस्य मात्रै हुनेछन् । 

उक्त सामग्री ल्याइसकेपछि पनि व्यापारीहरू आफैंले र सरकारी पहलमा थप सामग्री ढुवानी गर्दै जाने स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले जानकारी दिए । यसअघि चीनमा कोरोना संक्रमण फैलिँदै गएपछि वुहान शहरमा बसोबास गर्ने नेपालीहरुलाई पनि वाइडबडी जहाजबाट उद्धार गरेर स्वदेश ल्याइएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *