आलु, प्याजको कालोबजारी गर्ने तीन पक्राउ

चैत्र १३, काठमाडौं । विश्वभर कोरोनाको महामारी फैलिएका बेला सरकारले गरेको लकगाउनको समयमा आलु, प्याजको कालोबजारी गर्ने तीन जना पक्राउ परेका छन् । 

सरकारद्वारा जारी गरिएको लकडाउनका समयमा जनकपुरधाम बजारमा आलु र प्याजको कालोबजारी गर्ने तीन जना व्यापारी पक्राउ परेका हुन् । 

पक्राउ पर्नेमा व्यापारी जनकपुरधाम उपमहानगरपालिका वडा नं ४ कदम चोकका प्रदीप अग्रवाल, महावीर चोकका अंकित साह र महावीर चोकका विकाशकुमार साह रहेका छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *