कोरियाबाट फर्केका दुई नेपाली टेकु अस्पतालको आइसोलेसनमा भर्ना

फागुन २८, काठमाडौं । दक्षिण कोरियाबाट फर्केका दुई नेपालीलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको छ । उनीहरुलाई कोरोनाको आशङ्कामा आइसोलेसन वार्डमा भर्ना गरिएको हो ।   

कोरियाबाट फर्केका दुवैलाई मंगलबार आइसोलेसनमा राखिएको अस्पताल जनाएको छ । रुघाखोकी र ज्वरो आएपछि उनीहरू अस्पताल पुगेका थिए् । कोरियाबाट फर्केकाले पनि उनीहरूमा कोरोनाको संक्रमण हुनसक्ने आशङ्का गरिएको छ । 

चार नेपालीमा कोरोना भएको पुष्टि 

अहिलेसम्म चार नेपालीका कोरोना भाइरस भएको पुष्टि भइसकेको छ । यसरी कोरोना संक्रमित हुने नेपालीमा एक नेपालमै रहेका र अन्य तीन जना विदेशमा रहेका छन् । 

चीनबाट फर्किएका एक नेपालीलाई ज्वरो आएपछि टेकु अस्पतलामा जाँच गराउँदा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको थियो । तर, उपचारपछि उनी अहिले पूर्ण स्वस्थ भएर काममा फर्किसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै यूएई (दुवई)मा दुई जना र अस्ट्रेलियमा एक नेपालीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।   

सरकारले नेपालमा कोरोना संक्रमण भित्रिन नदिन थप कडाइ गरेको छ । सरकारले चीन र भारतका विभिन्न नाकाहरुमा हेल्थ डेस्क स्थापना गरी कोरोना जाँच समेत गरिरहेको छ । सरकारले कोरोना प्रभावित देशबाट आउने यात्रुलाई विमानस्थलमै कोरोना जाँच गरिरहेको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *