होलीको मौका छोपी १० वर्षीया बालिकालाई बलात्कार गर्ने पक्राउ

फाेटाेःगुगल 

फागुन २९, वीरगञ्ज । बारामा होलीको मौका छोपेर १० वर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।   

बुधबार राती बलात्कारको आरोपमा जीतपुर सिमरा उपमहानगरपालिका९७ नदिया टोलका १९ वर्षीय करण सहनीलाई पक्राउ गरिएको हो ।   

Image result for बालिका बलात्कार

प्रहरीका अनुसार अनुसार परिवारका सबै सदस्य होली खेल्न गएको बेला बालिकालाई आँप दिन्छु भनेर आँपको फेदमा लगेर बलात्कार गरेका थिए ।   

तर इलाका प्रहरी कार्यालय जीतपुर सिमराका प्रहरी नायव उपरीक्षक (डीएसपी) गोविन्द पुरीले भने  बालिकाको स्वास्थ्य परीक्षण रिपोर्ट आएपछि मात्रै बलात्कार भए नभएको पुष्टी हुने बताएका छन् । 

घटनाको अनुसन्धान भइरहेको र  सहनीविरुद्ध जबर्जस्ती करणी मुद्दामा जिल्ला अदालतमा म्यादको थपको माग गरेको डीएसपी  पुरीले जानकारी दिए ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *