मकवानपुरमा जन्ती बोकेको बस दुर्घटना, तीन जनाको मृत्यु

फागुन २२, काठमाडौं । मकवानपुरमा जन्ती बोकेको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा परी १८ जना घाइते भएका छन् ।   

बुधबार साँझ जन्ती बोकेको ना ३ ख ३५५६ नम्बरको बस मकवानपुरगढी गाउँपालिका-२ मा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो ।   

मकवानपुर प्रहरीका प्रवक्ता, डीएसपी चित्रबहादुर कार्कीका अनुसार ब्रेक फेल भएर बस सडकबाट तल खसेको छ ।   

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *