भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४ पुग्यो, १६७ संक्रमित

चैत्र ६, भारत । भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ । कोरोनाबाट चौथो संक्रमित पन्जावका ७० वर्षीय वृद्धको मृत्यु भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।   

उनी इटालीबाट जर्मनी हुँदै मार्च ७ मा भारत पुगेका थिए। उनी मधुमेहकासमेत बिरामी रहेका र उनमा कोरोनाको संक्रमण रहेको हिजो मात्रै पुष्टि भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।   

हालसम्म भारतमा कोरोनाभाइरस संक्रमितको संख्या १६७ पुगेको छ। 

Image result for corona virus  india

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *