नेपालगन्ज हुँदै धनगढी पुगेका थिए चौथो संक्रमित, थुप्रै व्यक्ति संक्रमित भएको आशंका

चैत १५, धनगढी । कोरोना भाइरस (कोभिड-१९)का नयाँ  संक्रमित बिरामी काठमाडौंबाट नेपालगन्ज हुँदै धनगढी पुगेको खुलेको छ । नेपालमा शुक्रबार धनगढीमा भेटिएका कोरोना संक्रमित बिरामी काठमाडौंमा एकदिन बसेर प्लेनमार्फत नेपालगन्ज हुँदै धनगढी आएको खुलेको हो ।   

उनी नेपालगन्जबाट माइक्रोबस चढेर धनगढी आएका थिए । दुबईबाट दिल्लीको बाटो हुँदै चैत ४ गते काठमाडौं पुगेका प्रहरीले जनाएको छ । धनगढी  उपमहानगरपालिका ५ का बासिन्दा भनिएका ३४ वर्षीय व्यक्ति चार वर्षदेखि दुबईमा काम गर्दै आइरहेका थिए । जिल्ला प्रहरी कार्यालय कैलालीकाअनुसार उनी अहिले एक महिना बिदा मनाउन नेपाल आएका थिए ।   

एमिरेट्स एयर लाइन्सबाट दुबईबाट दुई घण्टा दिल्लीमा ट्रान्जिट बसेका र त्यहाँबाट सिधै काठमाडौं प्रस्थान गरेका थिए । दुबईबाट भन्दापनि त्यहाँबाट दिल्ली आउनेक्रममा भारतीयबाट कोरोना संक्रमण भएको हुनसक्ने ती व्यक्तिका साथीहरु बताएका छन् । काठमाडौंबाट दोस्रो दिन सिधै धनगढी पुगेका उनी होम कोरन्टाइनमासमेत बसेको परिवारका एक सदस्यले बताए ।   

उनी ११ गते सेती अस्पतालमा भर्ना हुँदासम्म धेरैलाई संक्रमित पारेको अनुमान गरिएको छ । अहिले ती व्यक्तिको परिवारलाई क्वारेन्टाइनमा राख्ने तयारी गरिएको छ भने उनको सम्पर्कमा आएका व्यक्तिको पनि खोजी भैरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *