निशुल्क स्‍वास्थ्य शिविरमा देखियो बालबिवाहको डरलाग्दो अवस्था

फाेटाे स्राेतः गुगल 

फागुन २२, जाजरकाेट ।  भेरी नगरपालिका सामाजिक विकास शाखाले गर्भवती आमाहरुका लागि निशुल्क सञ्‍चालन गरेको  स्वास्थ्य शिविरले बालबिवाहको डरलाग्दो अवस्था देखाएको छ ।   

भेरी नगरपालिकाको स्वास्थ्य शाखाले यहि फागुन १६ गते भुर स्वास्थ्य चौकी र २० गते जगतिपुर स्वास्थ्य चौकीबाट गर्भवती आमाहरुलाई निशुल्क भिडियो एक्सरे सेवा प्रदान गरेको थियो ।  सुरक्षित मातृत्व कायम गरि नवजात शिशुको मृत्युदर घटाउनुको साथै आमा र शिशुको पोषण सुधार गर्न नगर स्वास्थ्य शाखाले शिविर सञ्‍चालन गरेको सामाजिक बिकास शाखाले जानकारी दिएको छ ।   

Image result for किशोरी आमा

उक्त शिविरमा अधिकांश उमेर नपुगेका आमाहरु चेकअप गर्न आएको शिविरमा खटिएका डा. डाक्टर भुपेन्द्र मल्लले जानकारी दिए । मंगलबार जगतिपुर स्वास्थ्य चौकीबाट निशुल्क भिडियो एक्सरे सेवाबाट गर्भजाँच गराउने ४१ जना गर्भवती आमाहरुमध्ये अधिकांशले १३ देखि १८ बर्षको उम्मेरमै बिबाह गरेको पाईएको छ ।   

त्यसैगरि यहि फागुन १६ गते भुर स्वास्थ्य चौकीबाट निशुल्क भिडियो एक्सरे सेवा लिने ५० भन्दा बढि गर्भवती आमाहरु मध्ये १६ बर्षका ४, १७ बर्षका ७, १८ बर्षका १०, १९ बर्षका १, रहेको स्वास्थ्य शाखा प्रमुख घर्तिले जानकारी दिए ।राष्ट्रिय मापदण्ड अनुसारको नियमित गर्भजाँच, अनुगमनलाई बृद्धी गर्ने नगर स्वास्थ्य शाखामा कार्यरत हेल्थ असिसटेण्ट रत्न घर्तीले बताए ।   

डरलाग्दो बाल बिबाहको दृष्यले बाल अधिकार र बाल बिबाहका क्षेत्रमा लामो समय देखि काम गर्दै आएका सरकारी तथा गैरसरकारी संघसंस्थाहरुलाई चुनौती थपेको शिविरमा रहेका डाक्टर भुपेन्द्र मल्लको भनाई रहेको छ । बाल बिबाह गर्नुमा सचेतनाको कमी, आर्थिक हिसाबले निक्कै विपन्नता हुनु नै यसका मुख्य कारण भएको डा. मल्लको ठम्याई रहेको छ ।   

सुनौला हजार दिनका आमा र बच्चालाई लक्षित गरेर कार्यक्रम संचालन गरिरहेका बहुँक्षेत्रीय पोषण योजना, सुआहारा–२ जस्ता परियोजनाहरु पनि लक्षित समुदायसम्म पुग्न नसकेको नगर स्वास्थ्य शाखा प्रमुख घर्तीले जनाए । भिडियो एक्सरे गर्न स्वास्थ्य चौकीसम्म पुगेका सुनौला हजार दिन भित्रका कुनै पनि गर्भवती आमाले सुआहारा–२ ले बितरण गर्दै आएका अण्डा तथा पोषण किड्हरु नपाएको बताएका थिए । 

टार्गेट पुरा भयो वा पुरा भएन भनेर सुविधायुक्त होटलहरुमा समिक्षा गर्ने, बैठक बस्ने र योजना निर्माणमा सिमित रहेका सामाजिक संघसंस्थाका कार्यक्रमले लक्षित समुदायलाई छुन नसकेको गर्भजाँच र अन्तरक्रियाले देखाएको छ । 

बाल बिबाह न्यूनिकरण गर्न, बाल अधिकार सुनिश्ति गराउन, विद्यालय स्तरमा किशोर किशोरी यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धिको शिक्षा दिन र महिलाहरुको आङ्ग खस्ने समस्याको पहिचान गरि समाधान गर्न एशियन एड अष्ट्रेलियाको आर्थिक सहयोगमा वातावरणिय कृषि तथा विकास केन्द्र (केड) नेपालले बहु आयामिक विकास तथा अध्ययन मन्च, जाजरकोटद्धारा विगत ७ बर्षदेखि भेरी नगरपालिकाको वडा नम्बर ८, ९, १०, ११ र १२ मा काम गर्दै आएको थियो । 

हाललाई भने, भेरी नगरपालिकाको वडा नम्बर ८, ९ र १०, नलगाड नगरपालिकाको वडा नम्बर ७ र ८ मा काम गरि रहेको छ ।  नगर स्वास्थ्य शाखाबाट संचालन गरिएको गर्भवती आमाहरुका लागि निशुल्क भिडियो एक्सरे कार्यक्रम संचालन गर्ने क्रममा भुर र जगतिपुरमा देखिएको बालबिबाहको दृष्यले उक्त संस्थाद्धारा संचालित सचेतनामुलक कार्यक्रमहरुको स्मरण गराएको छ । 

गर्भवती आमाहरुका लागि निशुल्क भिडियो एक्सरे कार्यक्रमलाई नगरपालिका भित्र रहेका ५ वटा स्वास्थ्य चौकीबाट प्रत्येक महिनामा एक पटक संचालन गरिने नगर स्वास्थ्य शाखाले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *