चितवनबाट पठाएको तीन नमूना परीक्षणको रिपोर्ट नेगेटिभ
मकालु खबर
२०७६ चैत १८ गते
चैत १८, चितवन । चितवनबाट कोरोना परीक्षणका लागि केन्द्रिय प्रयोगशाला पठाईएका तीन जनाको स्वाबको नतिजा नेगेटिभ आएको छ ।
भरतपुरस्थित कोरोना अस्थाई अस्पतालले पठाएको चितवनका रमेश परियार, मकवानपुरका दिनेश अधिकारी र नवलपुरको गैडाकोटका अर्जुन सापकोटाको रिपोर्ट नेगेटिभ आएको अस्पतालका प्रबक्ता डा. भोजराज अधिकारीले जानकारी दिए ।
उनीहरुको स्वाब परीक्षणका लागि चैत १६ गते केन्द्रिय प्रयोगशाला काठमाडौं पठाइएको थियो ।
मकालु खबर
२०७६ चैत १८ गते
प्रतिक्रिया
सम्बन्धित