कृषि शाखा कार्यालयमा आलगाली हुँदा कार्यालय सहयोगी जलेर घाइते

फाइल तस्वीर  

फागुन २८, डोटी । जोरायल गाउँपालिकास्थित कृषि शाखा उपकेन्द्रमा आगलागी हुँदा कार्यालय सहयोगी बलबहादुर खड्का जलेर गम्भिर घाइते भएका छन् । 

बुधबार बिहान करिब ४ बजेतिर भएको आगलागीमा कार्यालयमा बस्दै आएका ४५ वर्षीय खड्का जलेर गम्भिर घाइते भएका हुन् । घाइते खड्कालाई उपचारका लागि कैलालीतर्फ लैजाने तयारी भइरहेको डोटीका प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले बताए । उनले भने, “कृषि शाखा उपकेन्द्रमा आगलागी हुँदा कार्यालय सहयोगी बलबहादुर खड्का जलेर गम्भिर घाइते भएको खबर आएको छ, आगलागीको बारे बुझ्न प्रहरी टोली खटिएको छ, बिस्तृत खबर आउन बाँकी छ ।” 

आगलागीबाट कार्यालयको एउटा कोठा जलेर नष्ट भएको बताइएको छ । स्थानीयवासी, कर्मचारी, इलाका प्रहरी कार्यालय जोरायलबाट खटिएको टोलीले आज बिहान ५ बजेतिर मात्रै आगलागी नियन्त्रणमा लिएको स्थानीयवासी लोकेन्द्रबहादुर छेडालले जानकारी दिनुभयो । कार्यालयमा के कसरी आगलागी भयो भन्नेबारै यकिन खबर नआए पनि विद्युत् सर्ट भएर हुनसक्ने अनुमान स्थानीयवासीको छ ।  

आगलागीका कारण कम्तीमा पनि ८/१० लाख मूल्य बराबरको क्षति भएको हुन सक्ने प्रहरीको अनुमान छ । 

रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *