वैज्ञानिक वन व्यवस्थापनप्रति असहमति राख्नेमाथि निर्घात कुटपिट

फागुन २५, लम्की । सामुदायिक वनलाई वैैज्ञानिक बन व्यवस्थापन गर्ने विषयमा असहमति जनाउँदा उपभोक्तामाथि सांघातिक आक्रमण भएको छ । 

कैलालीको लम्कीचुहा ८ मा रहेको पथरिया सामुदायिक वनलाई वैज्ञानिक बन व्यवस्थापन गर्ने विषयमा भएको उपभोक्ता भेलामा सबै उपभोक्ताको राय बुझ्नुपर्ने माग राख्दा २ जना उपभोक्तामाथि कुटपिट भएको हो । 

सबैको राय बुझ्नुपर्ने, सिमित व्यक्तिको लाभको लागि वैज्ञानिक बन बनाउन उपयुक्त नहुने धारणा राख्दै गर्दा शनिबार दिउँसो कार्यक्रम स्थलमै उपभोक्ता ईन्द्र कुवँर र हरी चौधरीमाथि कुटपिट भएको हो । उपभोक्तो रमेश विष्टका अनुसार सामुदायिक बनका अध्यक्ष भद्रबहादुर विष्टका भजिता नाता पर्ने पुष्प विष्ट र शुरेश विष्ट लगायतका व्यक्तिले कुवँर र चौधरी माथि कुटपिट गरेका हुन् । 

कुटपिटबाट घाईते भएका कुवँरको नाकको डाँडी नै भाचिएको छ भने चौधरीको टाउँको र ढाडमा गम्भिर चोट लागेको छ । सार्वजनिक विषयमा घारणा कुटपिट भएपनि कार्यक्रममा सहभागि वडा अध्यक्षदेखि सुरक्षाकर्मीसम्म मुखदर्शक थिए ।   

वैज्ञानिक वन  बनाउने विषयमा असहमति जनाउँदै यस अघि नै  सामुदायिक बनका उपाध्यक्ष रविन्द्र खड्का,  कोषाध्यक्ष शान्ति बिष्ट र सहसचिव राजु चौधरीले राजिनामा समेत दिइसकेका छन् । यसैगरी घटनामा संलग्नलाई कारबाहीको माग गदै ईलाका प्रहरी कार्यालय लम्कीमा उजुरी दर्ता गराएको भएपनि प्रहरी कुनै सक्रियता नदेखाएको भन्दै पीडितले दुख व्यक्त गरेका छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *