कोरोना भाइरस : स्पेनमा आपतकाल घोषणा

बार्सिलोना । स्पेनले शनिबारदेखि मुलुकभर आपतकालको घोषणा गरेको छ । कोरोना भाइरसको संक्रमण रोकथामका लागि भाइरसको प्रकोप बढेसँगै सरकारले आपतकालीन अवस्था घोषणा गरेको हो ।   

प्रधानमन्त्री पेड्रो सान्चेसले मानिसहरुलाई घरमै बस्न र अनुमति लिएर मात्र महत्वपूर्ण यात्रामा जान आग्रह गरेका छन् । उनले   

गरिकहरूको स्वास्थ्यको रक्षा अझ राम्रो ढङ्गले गर्न सरकारले राज्यका सबै स्रोतसाधन परिचालन गर्ने बताए । 

चीनको वुहानबाट सुरु भएको कारोनाको संक्रमणबाट इटलीपछि स्पेन सबैभन्दा नराम्ररी प्रभावित देश बनेको छ ।   

शनिबारसम्म कोरोनाका कारण मृत्यु हुनेमा १९१ पुगेको छ भने हालसम्म करिव ६ हजार मानिस सङ्क्रमित भएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *