अस्ट्रेलियामा एकैदिनमा २० जनामा कोरोनाभाइरस, संख्या पुग्यो १००
मकालु खबर
२०७६ फागुन २७ गते
फाेटाे स्राेतः गुगल
फागुन २७, काठमाडौँ । अस्ट्रेलियामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमित एक सय पुगेको छ । मंगलबार एकै दिनमा २० जनामा कोरोनाभाइरसको संक्रमण देखिएसँगै संक्रमितको संख्या एक सय पुगेको हो ।
स्वास्थ विभागले जारी गरेको वक्तव्यका अनुसार यस रोगबाट ग्रसित तीनको मृत्यु भईसकेको छ भने २२ जना उपचार पछि निको भईसकेका छन् । कुल संक्रमणमा दश संक्रमित र एक मृत्यु भने डाइमण्ड प्रिन्सेससँग सम्बन्धित छन् ।
राज्यस्तरमा अष्ट्रेलियाको संक्रमणको अवस्था यस्तो छः
५४ संक्रमित न्यु साउथ वेल्समा
१२ संक्रमित क्वीन्सल्याण्डमा
६ संक्रमित साउथ अष्ट्रेलियामा
२ संक्रमित तास्मानियामा
१२ संक्रमित भिक्टोरियामा
४ संक्रमित वेस्टर्न अष्ट्रेलियामा
१० संक्रमित डायमण्ड प्रिन्सेस क्रुज जहाजमा
मकालु खबर
२०७६ फागुन २७ गते
प्रतिक्रिया
सम्बन्धित