कस्तो रहला आजको मौसम, यस्तो छ तीन दिनको पूर्वानुमान

चैत १७, काठमाडौं । आज देशभरको मौसम सामान्यतया सफा रहेको छ । नेपालमा पश्चिमी वायुको आँशिक मात्रै प्रभाव रहेकोले मौसम सफा रहेको हो ।   

जन तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भाग तथा पुर्वी भू-भागमा आँशिक बदली रहे पनि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।   

यस्तो छ तीन दिनको पूर्वानुमान  :- 

null

चैत्र १७ गते (सोमबार) 

दिउँसोः देशको पहाडी भू-भाग तथा पुर्वी भू-भागमा  आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा हुने देखिन्छ । 

रातीः  देशको पश्चिमी पहाडी  भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा हुने देखिन्छ । 

चैत्र १८ गते (मंगलबार) 

दिउँसोः देशको पश्चिमी पहाडी  भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा हुने देखिन्छ । 

रातीः  देशको पश्चिमी भू-भागमा सामान्य बदली रहने र मध्य र पुर्वका पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा हुने देखिन्छ । पश्चिमी भू-भागका थोरै स्थानहरुमा र  मध्य र पुर्वका पहाडी भू-भागका एक दुइ स्थानमा मेघ गर्जन/हावाहुरि  सहित बर्षा हुन सक्ने देखीएको छ । हिमाली भू-भागका केहि स्थानमा  हल्का हिमपातको सम्भावना रहेको छ | 

चैत्र १९ गते (बुधबार) 

दिउँसोः देशभर आँशिक देखि सामान्य बदली रही पश्चिमी पहाडी भू-भागका एक / दुइ स्थानमा र मध्य र पुर्वका थोरै स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ | हिमाली भू-भागका केहि स्थानमा  हल्का हिमपातको सम्भावना रहेको छ | 

रातीः  देशभर आँशिक देखि सामान्य बदली रही पहाडी भू-भागका एक / दुइ स्थानमा मेघ गर्जन/हावाहुरि  सहित वर्षाको सम्भावना रहेको छ | हिमाली भू-भागका थोरै स्थानमा  हल्का हिमपातको सम्भावना रहेको छ | 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *