दार्जिलिङमा पहिरोमा परी एकै परिवारका तीन जनाको मृत्यु, छोरी मात्रै बाँचिन्

पहिराेमा पुरिएका परिवारकाे शव निकाल्दै स्थानीय 

चैत १, काठमाडौं । दार्जिलिङको रिम्बिक लोधो क्षेत्रको तामाङ गाउँमा पहिरोले पुरिएर एकै परिवारका ३ जनाको मृत्यु भएको छ । 

सुतिरहेका बेला आज (शनिबार) बिहान करिब ४ बजे घरमाथिबाट खसेको पहिरोमा परी उनीहरुको मृत्यु भएको हो । 

मृत्यु हुनेमा स्थानीय ३० वर्षीय निमा तामाङ (श्रीमान्) उनकी श्रीमती २७ वर्षीया चन्द्र तामाङ र ५ वर्षीय छोरो नियाल तामाङ रहेका छन् । 

छोरी सन्ध्या तामाङ भने केही दिनअघि फेञ्चेटारस्थित मामा घर गएका कारण बाँच्न सफल भएकी छिन् । 

पहिरोमा पुरिएका तीनै जनाको शव निकालिएको छ । पोस्टमार्टमका लागि तीनै शव दार्जिलिङ सदर अस्पताल पठाइएको स्थानीयले जानकारी दिएका छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *