बुद्ध र तारा एयरद्वारा ७३ पर्यटकको उद्धार

चैत्र १३, काठमाडौं । लुक्लामा अलपत्र १४ जना फ्रान्सेली नागरिकलाई लिन तारा एयरको जहाज लुक्लामा अवतरण गरेको छ । काठमाडौंबाट दुई दिनदेखि लुक्लामा अलपत्र  १४ जना फ्रान्सेली नागरिकलाई लिन तारा एयरको जहाज लुक्लामा अवतरण गरेको हो । 

ताराले गृह मन्त्रालयको अनुमतिमा उद्धार उडान गरेको तारा एयरले जनाएको छ । नेपाल सरकारले लकडाउनको घोषणा गरेपछि पदयात्रामा रहेका उनीहरुलाई ल्याउनका लागि काठमाडौंस्थित फ्रान्सेली दूतावासले जहाज चार्टर्ड गरेर पठाएको छ । 

दूतावासले पोखरामा रहेका आफ्ना नागरिकलाई काठमाडौं ल्याउनका लागि पनि जहाज पठाउने तयारी गरेको छ। 

त्यस्तै बुद्ध एयरले पोखरामा अलपत्र परेका ५८ विदेशीलाई काठमाडौं ल्याएको छ । पोखरामा अलपत्र परेका ५८ विदेशी बुद्ध एयरले उद्धार गरि काठमाडौं ल्याएको हो । 

कोरोना नियन्त्रण तथा रोकथानका लागि सरकारद्धारा गठित उच्चस्तरीय समितिले बुधबार  देशका विभिन्न ठाउँमा अलपत्र परेको विदेशी नागरिकको उद्धार गरी उनीहरुकै देश फिर्ता गर्ने निर्णय गरेको थियो। 

स्रोतका अनुसार बुद्ध एयरले उद्धार गरेका अधिकांश फ्रान्सेली नागरिक छन्। फ्रान्सले आफ्ना नागरिकलाई चार्टर्ड विमानमार्फत स्वदेश फर्काउने तयारी गरेको छ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *