वीरगन्जका व्यवसायी रुगंटालाई कोरोना संक्रमण नभएको पुष्टि [रिपोर्टसहित]

चैत १०, काठमाडौं । वीरगन्जका व्यवसायी शिवकुमार रुगंटामा कोरोना भाइरसको संक्रमण नदेखिएको पुष्टि भएको छ । कोभिड-१९ कोरोना भाइरस संक्रमण आशंकामा भारतको पटनास्थित अस्पताल भर्ना गरिएका रुगंटामा कोरोना संक्रमण नभएको पुष्टि भएको हो ।   

पटनामा उनको स्वाब परीक्षण गर्दा रिपोर्ट ‘नेगेटिभ’ आएको छ । पटना मेडिकल कलेज अस्पतालले आइतबार उनको परिवारलाई दिएको नमुना परीक्षणको नतिजामा कोरोना नतिजा ‘नेगेटिभ’ देखिएको हो ।   

पटना मेडिकल कलेजमा भर्ना भएको रुगंटाको स्वाब परीक्षणका लागि पटनास्थित इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चअन्तर्गत रहेको राजेन्द्र मेमोरियल रिसर्च इन्स्टिच्युट अफ मेडिकल साइन्सेजमा पठाइएको थियो । त्यहाँको रिपोर्ट अनुसार उनलाई कोरोना नभएको पुष्टि भएको हो ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *