दुर्गम राेल्पामा काेराेनाकाे सचेतना जगाउँदै नेपाल प्रहरी

चैत्र १०, रोल्पा । विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसबारे रोल्पाको दुर्गम गाउँमा प्रहरीले सचेतना कार्यक्रमका साथै हात धुने सावुन वितरण गरेको छ । 

इलाका प्रहरी कार्यालय घर्तीगाउँका प्रहरी निरीक्षक शंकर खड्काको नेतृत्वमा जिल्लाको माडी गाउँपालिका–२ पारिबाङ गाउँमा कोरोनाबारे घरदैलो सचेतना कार्यक्रम सँगै हात धुने सावुन वितरण गरिएको हाे ।   

इलाका प्रहरी कार्यालय घर्तीगाउँका प्रहरी निरीक्षक शंकर खड्काले दलित तथा विपन्न समुदायको बसोबास रहेको गाउँमा घर–घरै पुगेर कोरोनाबाट बच्न साबुन पानीले हात धुन, बिरामी परेमा तत्काल अस्पताल जान र व्यक्तिगत सरसफाइमा ध्यान दिन अनुरोध गरिएको बताए । 

प्रहरी निरीक्षक खड्काले समुदाय प्रहरी साझेदारी अभियान अन्तर्गत घर घरमा जनचेतना दिदै साबुन पानीले हात धुन सिकाउदै सावुन वितरण अभियान सञ्चालन गरिएपछि स्थानीय हर्षित भएका उनकाे भनाइ छ। इलाका प्रहरी कार्यालय घर्तीगाउँका अनुसार अभियान अन्तर्गत ६ सय वटा साबुन वितरण गरिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *