लकडाउनको तेस्रो दिनः विराटनगर सुनसान

चैत्र १३, विराटनगर । लकडाउनको आज तेस्रो दिन विराटनगर बजार क्षेत्र सुनसान छ । 

कोरोना भाईरस (कोभिड १९) संक्रमणको जोखिमलाई न्युनिकरण गर्नका लागि सरकारले गरेको लकडाउनको घोषणसँगै आज (बिहीबार) विराटनगरको अधिकांश बजार क्षेत्र सुनसान भएको हो ।  

फाटफुट सवारीसाधन बाहेक सडक शून्य छ । मानिसहरुको आवतजावत खासै देखिँदैन । सडकमा प्रहरीहरु सुरक्षाका लागि तैनाथ खटिएका छन् । 

विराटनगर बस पार्कदेखि वरगाछी चोकसम्म औषधी पसल बाहेक अन्य पसलहरु बन्द रहेको छ  । सरकारले कोरोनाको जोखिमलाई मध्येनजर गर्दै मंगलबारबाट देशलाई पूर्ण रुपमा लकडाउने गर्ने निर्णय गरेको थियो । कोरोनासम्बन्धी उच्चस्तरीय समितिको सोमबार बसेको बैठकले भोलि मंगलबार विहान ६ बजेबाट एक सातासम्म सार्वसाधारणलाई घरबाट बाहिर निस्कन रोक लगाएको हो । 

लकडाउनको अवस्थामा सुरक्षा निकाय, स्वास्थ्यकर्मी खाद्यान्न र अत्यावश्यक बस्तु ढुवानी गर्ने र अनुमति प्राप्त बाहेकका सवारी साधन चलाउने पाइने छैन । 

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *