छोरालाई क्वारेन्टाइनमा राखेपछि बाबुले कुटे स्वास्थ्यकर्मी

चैत्र १३, बैतडी। बैतडीको पुर्चौडी नगरपालिकाको क्वारेन्टाइनमा खटिएका एक स्वास्थ्यकर्मीमाथि स्थानीयले कुटपिट गरेका छन्। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायाण पाण्डेयका अनुसार स्थानीय नरेन्द्र जागरीसहितका व्यक्तिले क्वारेन्टाइनमा खटिएका स्वास्थ्यकर्मी करनसिंह धामीमाथि कुटपिट गरेका हुन्। 

नगरपालिकाले वाडा नम्बर ५ मा रहेको भूमिराज माविमा बनाएको क्वारेन्टाइनमा भारतबाट फर्केका ७ जनालाई राखिएको थियो। भारतबाट आएका छोरालाई किन राखेको भन्दै नरेन्द्रले क्वारेन्टाइनमै पसेर स्वास्थ्यकर्मीमाथि कुटपिट गरेका हुन्। भारतबाट फर्किएका नरेन्द्रका छोरा सुनील जागरी सोही क्वारेन्टाइनमा छन्।  

जागरीले बुधबार राति कोठाभित्र जबरजस्ती प्रवेश गरेर गाली गलौज गरी कुवाकोट स्वास्थ्य चौकीमा कार्यरत अहेब धामीलाई कुटपिट गरेका प्रहरी नायब उपरीक्षक पाण्डेयले बताए। स्वास्थ्यकर्मी धामीलाई कुट्ने जागरीलाई प्रहरीले नियन्त्रण लिएको छ। कुटाइ खाएका स्वास्थ्यकर्मीलाई सामन्य चोट लागेको थियो। नगरपालिकाले स्वास्थ्यकर्मी कुट्नेमाथि कडा कारबाही हुनुपर्ने जनाएको छ। 

देश लकडाउनमा रहेको अवस्थामा सहयोग गर्नुको साटो ड्युटीमा रहेका स्वास्थ्यकर्मी कुट्नेलाई हदैसम्मको कारबाही र स्वास्थ्यकर्मीको उपचार खर्च पीडकले व्यहोर्नु पर्ने विज्ञप्तीमा उल्लेख गरिएको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *