भोका जनतालाई खाद्यान्न बाँड्दै धरानका वडाध्यक्ष

चैत्र १४, धरान । दैनिक ज्यालादारी काम गरि खाने मजदुरहरु लकडाउनको समयमा भोकभोकै पर्न थालेपछि धरान उपमहानगरपालिका वार्ड नं. १४ का वडाअध्यक्ष कृष्ण भट्टराईले मजदुरहरुलाई दाल, चामल लगायतका खाद्यान्न सहित आवश्यक औषधी समेत वितरण गरेका छन् । 

अध्यक्ष भट्टराईले बिहिबार आफ्ना वार्डका जनताको अवस्थाबारे बुझ्ने क्रममा दैनिक ज्याला मजदुरी गरि खाने जनतामध्ये पहिलो चरणमा ५ परिवारको पहिचान गरि प्रत्येक परिवारलाई १५ केजी चामल, २ केजी आलु र १ केजी दाल वितरण गरेका छन् । अध्यक्ष भट्टराईले आफ्नो निजी लगानीमा ती परिवारको घरमै पुगी खाद्यान्न वितरण गरेका हुन् ।   

उनले धरान १४ स्थित गणेश चोकका अमृतबहादुर थापा, धनबहादुर तामाङ,  खत्रीधाराका चन्द्रमाया सुवेदी, लीलामाया थापा, तीनधारेका देउकुमारी भूजेलको परिवारलाई ती खाद्यान्न राहत स्वरुप वितरण गरिएको बताए ।   

भट्टराईले ती परिवारले आफुलाई राशन, चामल र खानेकुरा नभएको बताएपछि आफ्नो कर्तव्य ठानी सहयोग गरेको बताए । ‘मेरो वार्डको जनता कोही पनि भोकै बस्न नपरोस् भन्ने उद्देश्यले वार्डका जनताको पारिवारिक र आर्थिक अवस्था अवलोकन गरि निजी खर्चमा खाद्यान्न र औषधी वितरण गरेको हुँ ।’ उनले भने । 

अध्यक्ष भट्टराईले आफुहरुले १४ नं. वडाको अन्य टोलमा समेत अनुगमन गरिरहेको बताउँदै अन्य ज्याला मजदुरी गरि खाने भेटेमा ती परिवारहरुलाई समेत खाद्यान्न सामग्री र आवश्यक औषधी वितरण गरिने बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *