भिमढुंगाबाट ६ जना जुवाडे पक्राउ

चैत्र २, काठमाडौं । काठमाडौंको भिमढुंगाबाट ६ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।   

काठमाडौं महानगरपालिका–८ भिमढुंगा स्थित दिपक भट्टराईले सञ्चालन गरेको मासु पसलमा जुवा खेलिरहेको बेला महानगरीय प्रहरी वृत स्वयम्भुबाट खटेको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।   

महानगरीय प्रहरी बृत्त स्वयम्भुका डिएसपी लालध्वज सुवेदीका अनुसार पक्राउ पर्नेमा धादिङ घर भएका लिला बहादुर तामाङ, काठमाडौंका माधव गिरी, बेद कुमार पौडेल, नुवाकोटका बहादुर तामाङ, संखुवासभाका इन्द्र बहादुर लिम्बु र जुवा खेलाउने काठमाडौंका दिपक भट्टराई छन् ।   

null

जुवा खालबाट प्रहरीले २६ हजार रुपैयाँ र १२ गड्डी तास बरामद गरेको छ । उनीहरुलाई जुवाजन्य ऐन अनुसार कानुनी कारवाहीको लागि पक्राउ गरिएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *