सिटिजन्स बैंकद्वारा मानव मुक्त अभियान नेपाललाई एक लाख सहयोग

चैत्र २, काठमाडौं । सामान्य जीवनयापनको लागि पनि दैनिक मागेर हिंड्नु अवस्था पिडादायक हुन्छ । बिकल्पहरुको अन्त्य भएपछि मानिसहरु विपक्ष्ता तथा अति गरिव, कमजोर आर्थिक अवस्थाले गर्दा मानिसहरु सडक पेटि मन्दिर मस्जिद तथा गुम्बामा आश्रित हुन पुग्दछन यहि कुरालाई ध्यानमा राखी “सम्मान” नेपालले सडक आश्रित मानव मुक्त अभियान नेपाल सञ्चालन गरेको छ ।   

सो कार्यलाई सफल पार्नको लागि सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत एक लाख नगद सहयोग उपलब्ध गराएको छ ।   

यस पवित्र कार्य र यस्ता कार्यहरुलाई बैंकले भविष्यमा पनि बैंकको संस्थागत सामाजिक उतर दायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्ने कुरा जानकारी गराएको छ । 

null

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ९३ वटा शाखा, ९० वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँच लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *