विदेशको सीप उतार्दै युवा : धनगढीमा थाई परिकारको स्वाद

चैत्र ४, धनगढी । थाई खाना थाइल्याण्डको राष्ट्रिय खाना हो । यो विश्वभरमा प्रसिद्ध खाना मध्येमा पर्दछ । थाई शताब्दी पुराना पूर्वीया र पश्चिमी खानाको संयोजन गरेर बनाइएको नयाँ खाना हो । यस खानामा बास्नादार मसलाहरू, समुन्द्री माछा र वनस्पति तथा अन्य मासुजन्य परिकार रहने गर्दछन । थाई खाना तयार गर्दा बास्नादार तथा मसलादार तर हल्का किसिमले तयार गरिन्छ । तपाई पनि धनगढीमा थाई खानाका परिकार खान ईच्छुक हुनुहुन्छ भने धनगढी हसनपुरमा रहेको लेमन ग्रास रेष्टुरेन्टले तपाईको त्यो ईच्छालाई पूरा गर्नेछ ।   

धनगढी हसनपुरको मुख्य चोकमा रहेको निसर्ग अस्पतालको अगाडि पट्टी केही दूरीमै अवस्थित छ, लेमन ग्रास रेष्टुरेन्ट । त्यहाँ नेपाली, थाई, चाइनिज, कम्टीनेन्टल परिकार पाइन्छ । तर, त्यहाँको विशेषता भने थाई खाना र थाई परिकार हो । त्यहाँ पाइने थाई खानामा शुद्ध थाई मसलाको प्रयोग गरिन्छ । चिकन र मटनबाहेक थाई परिकारमा प्रयोग हुने सामाग्री र मरमसला थाईल्याण्डकै बैंककबाट ल्याउने गरिएको छ । काठमाण्डौंमा रहेको एक डिर्पाटमेन्ट स्टोर मार्फत बैंकबाट काठमाण्डौं हुँदै धनगढीसम्म ल्याइन्छ थाई परिकारकार सरसामान र मरमसलाहरु ।   

थाई नुडल्स, सिई फुड, थाई सुप, थाई सलाद, चिकन सातेहरु, टेण्डर कोकोनट, बरमिज खाउस्वाई, तेरियाकी चिकेन, बर्न चिली गार्लिक फ्राइ राईस, पोर्क रिब्स आदिका थाई परिकारहरुको स्वाद लेमन ग्रास रेष्टुरेण्टमा लिन पाइन्छ । लेमन ग्रास रेष्टुरेण्ट दुई बर्ष अगाडि खोलिएको हो । भारत हुँदै दुवई र थाइल्याण्डमा थाई फुडको काम गरेपछि घर फर्किएर आफ्नै देशमा केही गर्ने सोचका साथ रेष्टुरेन्ट सञ्चालनमा ल्याएका हुन् भुपेश भण्डारीले । थाई फुडलाई संसारकै स्वस्थ खानाका कोटीमा राखिन्छ ।   

‘नुन हाल्नु पर्नेमा फिस सस, तेल हालेर पकाउने खानालाई पानी राखेर थाई खानामा विशेष स्वाद दिन सकिन्छ र खाना स्वादिलो बनाउन तेल, मसला, नुन, टेस्टिङ पाउडर नै प्रयोग गर्नुपर्छ भन्ने छैन,’ सञ्चालक भण्डारी भन्छन् ‘थाई फुडमा मसलाको सट्टा विभिन्न किसिमका जडीबुटी प्रयोग गरिने भएकाले खाना विशेष स्वादिला र शक्तिवद्र्धक हुन्छ ।’   

धनगढीमा भण्डारीले थाई रेष्टुरेन्ट खोल्नुको कारण रहर नै हो । १० वर्षसम्म काठमाण्डौं, मुम्बई, दुवई र बैंककमा सिकेको सीपलाई आफ्नै ठाउँमा गरेर जम्ने सपना थियो भण्डारीको । तर अहिलेसम्म त्यो सपना भने उनको पूरा हुन सकेको छैन् । जेनतन रेष्टुरेन्टको खर्च धानिरहेका छन् उनी । १० वर्ष अघि घुम्ने रहरले मुम्बई पुगेका थिए भुपेश । त्यहाँको केही दिनको बसाइपछि उनलाई उतै काम गर्ने ईच्छा जाग्यो र काम सुरु गरे कनेक्सन होटलमा ‘बार टेण्डर’को । चार वर्षसम्म त्यहाँ काम गरेपछि उनी थाई कलेक्सनकै आधारमा दुवई हानिए ।   

थाई कनेक्सनमा त्यहाँ पनि तीनबर्षसम्म काम गरे । त्यसपछि कामठाण्डौ आएका उनले काठमाण्डौं रोयल थाईमा तीन वर्ष काम गरे । त्यसैक्रममा उनीले थाईल्याण्ड जाने अवसर पाए । नौ महिनाको थाईल्याण्ड बसाईलाई उनले राम्रैसँग सदुपयोग गरे । पोख्त भएर फर्किए थाई परिकार बनाउन र खुवाउनका लागि । थाईल्याण्डबाट फर्किएर महेन्द्रनगरमा थाई रेष्टुरेन्ट सञ्चालन गरे । त्यहाँ डेढ वर्षसम्म जेनतेन गरेर रेष्टुरेन्ट चलाए पनि त्यसपछि उनी धनगढी हानिए ।   

अहिले धनगढीमा थाई रेष्टुरेन्ट चलाइरहेका छन् । ‘महेन्द्रनगर जति गाह्रो त छैन्,’ उनी भन्छन्, ‘तर, भनेर अनुसार भने चल्न सकेको छैन ।’ प्रचार–प्रसार हुननसकेका कारण पनि चल्न नसकेको हुने अनुमान उनको छ । धनगढीमा पनि विदेशी थाई विशेष खानामा आकर्षण बढ्दै जाने विश्वास भने उनीसंग छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *