आइसोलेसनमा ११ वर्षिय बालक

चैत १३, जुम्ला। जुम्लामा एक ११ वर्षिय बालकलाई आइसोलेसनमा राखिएको छ। तातोपानी गाउँपालिकाका बालकलाई उच्च ज्वरो देखिपछि आइसोलेसनमा राखिएको हो।   

कर्णाली प्रतिष्ठानका डक्टर सुनिल बुढाथोकीका अनुसार चेकजाँचका क्रममा बालकमा १०२ देखि १०४ डिग्रीसम्मको ज्वरो देखिएपछि सिंधै आइसोलेसनमा राखिएको छ। बालकका बुबा ५ दिन अगाडी भारतबाट आएको समेत खुलेको छ। २/३ दिनअघिदेखि ज्वरो आएपछि उपचारका लागि प्रतिष्ठानमा ल्याइएको थियो।   

सो बालकमा ज्वरो नाप्दा कोरोनाको लक्षणसँग मिल्दो जुल्द भएपछि आइसोलेसनमा राखिएको बुडाथोकीले बताए। बालकलाई कोरोनाको रिर्पोट नआउन्जेलसम्म आइसोलेनसमै राखि उपचार गरिने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *