सिटिजन्स बैंकले भृकुटी माविलाई दियो एक लाख सहयोग

चैत्र ४, काठमाडौं । सिटिजन्स बैंकले भृकुटी माध्यमिक विद्यालयलाई एक लाख सहयोग प्रदान गरेको छ ।   

बैंकको मोहन्याल शाखाद्धारा मोहन्याल गाउँपालिका वडा नं. ४ खिमडी स्थित भृकुटी माविलाई संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत उक्त रकम सहयोग गरेको हो ।   

एक कार्यक्रमको आयोजना गरी सिटिजन्स बैंक मोहन्याल शाखाका कर्मचारीहरु तथा विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक, विद्यार्थी, अभिभावकको उपस्थितिमा उक्त सहयोग रकम हस्तान्तरण गरिएको हो ।   

बैंकले वीद्यार्थीको सर्वांगिण विकासका लागि सहयोग पुर्याउन उक्त सहयोग गरेको जनाएको छ । सो सहयोगले नेपाल सरकारले अवलम्बन गरेको सुखी नेपाली सम्वृद्ध नेपाल’ को अवधारणालाई साकार पार्न सहयोग गर्ने विश्वास बैंकले लिएको छ ।   

बैंकले संस्थागत सामाजिक उतर दायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन विभिन्न कार्यक्रम संचालन गर्ने कुरा जानकारी गराएको छ । 

बैंकले हाल ९३ वटा शाखा, ९० वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँच लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।   

यस्तै विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा,साथै कुनै पनि शाखाबाट रकमझिक्न र राख्न सकिने जस्ता सुविधाहरु प्निउपलब्ध गराउँदै आएको छ । घरमै छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा वित्तीय सेवा सुविधा उपभोग गर्न मिल्ने विभिन्न प्रविधि मैत्री योजनाहरु समेत संचालनमा ल्याएको बैंकले जनाएको छ  ।   

अन्तरराष्ट्रिय कार्ड प्रदायक कम्पनी भिजासँगको सहकार्यमा यस बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी नेपाल भित्रको कुनै पनि पीओएस मेशिन मार्फत सामान वा सुविधा खरीद गर्दा २० प्रतिशतसम्म क्यास ब्याक(नगदफिर्ता) हुने योजना सञ्चालनमा रहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *