बैंक अफ काठमाण्डूको नयाँ मुद्दती खाताबाट ११ लाखको बीमा सुविधा
फागुन २९, काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले उच्चतम् लाभ तथा सुरक्षासहितको ‘बुक सफलता मुद्दती खाता’ सार्वजनिक गरेको छ ।
“सफलता मुद्दती खाताबाटै पूर्ण सुरक्षा” भन्ने मुलनाराका साथ सार्वजनिक गरिएको उक्त खातामा ग्राहकले ११ लाख सम्मको बीमा सुविधासहित वार्षिक ९.७५ प्रतिशत ब्याजदरको सुविधा रहेको बैंकले जनाएको छ ।
उक्त मुद्दती खाता २५ हजारदेखी नै खोल्न सकिने छ । ग्राहकले उक्त खाताबाटा बीमा लगायत थुप्रै सुविधाहरुको उच्चतम लाभ लिन सक्ने छन् ।
साथै, बीमा सुविधाअन्र्तगत ग्राहकहरुले दुर्घटनाबाट मृत्यु वा पूर्ण अशक्तताका भए ५ लाख, १८ घातक रोगहरु लागेको खण्डमा ५ लाख पाउनेछन् । यस्तै औषधी उपचारको लागि १ लाखको बीमा सुबिधा अन्र्तगत ओपीडि सेवको लागि २० हजार तथा अस्पताल भर्ना भई उपचार गर्दा ८० हजारसम्मको बीमा सुविधाको उपयोग गर्न सकिने छ ।
बिमा सुबिधा बैंकले सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको सहकार्यमा उपलब्ध गराएको हो । जस अन्र्तगत बीमा शुल्क बैंकले सिद्धार्थ इन्स्योरेन्स लिमिटेडलाई भुक्तानी गर्नेछ ।
हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ८७ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।