कस्तो रहला आजको मौसम ? यस्तो छ दुई दिनको पूर्वानुमान

फागुन २७, काठमाडौं । आज देशभरको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको पूर्वी र मध्य पहाडि भु-भागमा आँशिक बदली रहेपनि बाँकी स्थानको मौसम भने सफा रहने भएको हो ।   

महाशाखाका अनुसार अपरान्ह पछि पूर्वि तथा मध्य पहाडी भू-भागका एकरदुई स्थानमा मेघगर्जनरचट्याङ सहित क्षणिक वर्षाको सम्भावना रहेको छ । मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ ।   

यस्तो छ दुई दिनको पूर्वानुमान:- 

null

फागुन २७गते (मंगलबार) 

दिउँसोः देशको पूर्वी र मध्य पहाडि भु-भागमा आँशिकबदलीरहि अन्य स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ । अपरान्ह पछि पूर्वि तथा मध्य पहाडीभू-भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ सहित क्षणिकवर्षाको सम्भावना रहेको छ । 

रातीः  देशभर आँशिक देखि सामान्य बदली रही पहाडि भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित वर्षाको संभावाना छ । 

फागुन २८गते (बुधबार) 

दिउँसोः देशभर आँशिक देखि सामान्यबदलीरहनेछ । पश्चिमी तथा मध्य भू-भागका केहि स्थानहरुमा मेघगर्जन/चट्याङ सहित वर्षाको संभावाना छ । 

रातीः  देशभर आँशिक देखि सामान्य बदली रही पश्चिमी भू-भागका केही स्थानहरुमा तथा मध्य र पूर्वी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित वर्षाको संभावाना छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *