चैत्र ८ गतेदेखि हुने भनिएको लोक सेवा आयोगको सबै परीक्षा स्थगित

चैत ६, काठमाडौं । लोक सेवा आयोगले चैत ८ गतेपछिका सबै लिखित परीक्षा स्थगित गरेको छ । 

संक्रमणक रुपमा फैलिउको कोरोना भाइरस (कोभिड १९) ले सिर्जना गरेको स्वास्थ्य सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखि चैत्र ८ गते देखि हुने सबै लिखित परीक्षा स्थगित गरिएको आयोगले जनाएको छ ।   

चैत ६ गते बसेको आयोगको बैठकले चैत ८ गतेदेखि चैत मसान्तसम्मको लिखित परीक्षा स्थगित गर्ने निर्णय गरेको उपसचिव एक नारायण शर्माले जानकारी दिए । 

लोक सेवा आयोगले सञ्चालन गर्ने निजामती सेवा, सुरक्षा निकाय र संगठित संस्था तर्फका लिखित परीक्षाका कार्यक्रम अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको शर्माले विज्ञप्तिमार्फत जनाएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *