यात्रुसँग तोकिएभन्दा बढी भाडा लिने २३ जना पक्राउ

चैत्र ७, काठमाडौं । प्रहरीले यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिएको अभियोगमा २३ जनालाई नियन्त्रणमा लिएको छ ।  

महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीकाे टाेलीले शुक्रबार बिहान काठमाडौंको बल्खु र कलंकीबाट उपत्यका बाहिर जाने यात्रुहरुसँग तोकिएको भन्दा बढी भाडा लिएको अभियोगमा २३ जनालाई नियन्त्रणमा लिएको हो । 

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *