बन्द गरियो ताज महल !

चैत ४, काठमाडौं । कोरोना भाइरसको त्रासका कारण ऐतिहासिक भवन ताज महल बन्द गरिएको छ । भारतीय संस्कृति मन्त्रालयले भनेको छ– ‘हरेक दिन १० हजारभन्दा धेरै मानिसहरु यस भवनलाई अवलोकन गर्न आउँछन् । त्यसैले यो बन्द गर्नु आवश्यक थियो ।’ 

संसारभरीका पर्यटकको लागि ताज महल एक आकर्षणको केन्द्र हो । हरेक दिन करिब ७० हजार मानिस यसको अवलोकन गर्न आउँछन् ।  

मंगलबार भारतले घोषणा गरेको थियो कि भारतीय पुरातत्व सर्वेक्षणद्वारा सञ्चालित सबै स्मारकहरू र संग्रहालयहरू गरिँदै छ, ताकि मानिसहरुलाई सुरक्षित राख्न सकियोस् ।  

भारतमा अहिलेसम्म १२६ मानिसहरु कोरोना संक्रमित छन् भने तीन जनाको मृत्यु भइसकेको छ । मंगलबार बिहानसम्म उक्त प्रकोप भारत लगायत विश्वका १ सय ६२ देशमा फैलिसकेको छ ।  

कोरोनाबाट १ लाख ८२ हजार ५ सय ४७ जना संक्रमित भएका छन् भने, ७ हजार १ सय ६४ जनाको ज्यान गइसकेको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *