होलीलगाएतका कार्यक्रम नगर्न जिल्ला प्रशासनको अनुरोध

फागुन २२, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले विभिन्न सभा गोष्ठि तथा होलीलगायतका कार्यक्रमहरु नगर्न अनुरोध गरेको छ ।   

विश्वभर कोरोना भाइरसको संक्रमण बढ्दै गएको अवस्थामा सतर्कता अपनाउँदै भन्दै प्रशासन कार्यालयले बिहीबार जारी गरेको विज्ञप्तीमार्फत सो अनुरोध गरेको हो । 

कार्यालयद्वारा बिहीबार प्रकाशित सूचनामा भनिएको छ, ‘अर्को निर्णय नभएसम्मका लागि विभिन्न प्रकारका उत्सव, मेला, पर्व, (होलीलगायत) का कार्यक्रमको आयोजना नगर्न र त्यस्ता सम्मेलन तथा कार्यक्रमहरुमा सहभागी नहुन समेत सबैमा अनुरोध छ ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *