खैरहनीमा व्यवसायिक सटर भाडा मीनाहा
चैत १०, चितवन । चितवनको खैरहनी पर्सा बजारमा व्यवसायिक सटर भाडामा लगाउने सञ्चालकले व्यवसाय गर्ने व्यवसायीसंग एक महिनाको भाडा नलिने घोषणा गरेका छन् ।
खैरहनी नगरपालिका वडा नम्बर ८ रेडक्रस मार्ग अन्तर्ग पर्ने पाथीभारा कम्लेक्सका सञ्चालकसहित उद्योग बाणिज्य संघ खैरहनीका अध्यक्षले चैत महिनाको सटर भाडा नलिने घोषणा गरेका हुन् । ‘चालू महिना सुरु भएसंगै वयवसायिहरु कोरोना त्रासका कारण व्यापार नहुदा मर्कामा छन्,’ पाथिभारा कम्लेक्सका सञ्चालक अनिल श्रेष्ठले भने- ‘केहि राहत हुन्छ भन्ने ठानेर ब्यवसायीको हितमा हामीले यो निर्णय गरेको हौं ।’
घरभाडा मिनाहा गर्नेघरधनीहरुको सो कदमको पर्साका व्यापारीहरुले स्वागत गरेका छन् । यस्तै उद्योग बाणिज्य संघ खैरहनीका अध्यक्ष चन्द्र सापकोटाले कोरोना त्रासका कारण व्यवसाय धरासायी भएको अवस्थामा सो कदम निकै स्वागत योग्य रहेको प्रतिक्रिया दिदै पर्साको चौबीसकोठी चोकमा आफूले वयवसायिक सटरमा लगाएको घरभाडा पनि एक महिनाको लागी मिनाहा गर्ने प्रतिबद्धता जनाएका छन् ।
null
आफूले सकेजती भाडा दरमा समायोजन गरीदिए मर्कामा परेका व्यवसायीलाई केहि राहत मिल्ने अध्यक्ष सापकोटाको भनाइ छ । पाथिभारा कम्लेक्सलाई श्रेष्ठ सहित, रसिक पाण्डे, सागर अधिकारी र बासु डल्लाकोटले लिजमा लिएर भाडामा दिएका हुन् । सो कम्लेक्समा १४ वटा ब्यवसायीक सटर भाडामा रहेका छन् ।